असार १३ गते २०७८
कोरोना प्रभावित सहयोगले पर्वतको पैयुँमा ८४ घर परिवार लाभान्वीत
कमल पौडेल अथक
पर्वत, भोर्ले, ११ आसार
पर्वतको पैयुँ गाउँपालिका ७ भोर्लेमा रहेका कोरोना प्रभावितलाई शनिवार खाद्यान्न सहयोग सहयोग गरिएको छ । हिले पोखरा चम्रु समाजको आयोजना तथा पर्वत समाज अमेरिकाको सहयोगमा सो खाद्यान्न सहयोग गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी गाउँमा पनि पसेको भन्दै समाजले दाल, चामल, अण्डा, जुवानो, सुप लगायत गरी २ लाख ३४ हजार वरावरको खाद्यान्न सामग्री सहयोग गरेको युवा व्यवसायी एवं सहयोग संकलन संयोजक अरुण गुरुङले जानकारी दिए ।
सो अवसरमा स्थानीय पैयुँ स्वास्थ्यचौकीलाई तीन थान अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उनले वताए ।
पोखरा हिले चम्रु समाजका अध्यक्ष मेखवहादुर गुरुङको निर्देशनमा गाउँमा रहेका कोरोना प्रभावितलाई सहयोग दिन समाज उत्साही भएको समाजका वरिष्ठ सल्लाहकार एवं नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जीतवहादुर गुरुङले वताए । सो सहयोग वितरणले गाउँले दाजु भाइ सुखमा मात्र नभएर दुःखमा पनि चाहिन्छ भन्ने सन्देश दिएको गुरुङले वताए ।
वडा अध्यक्ष भीमवहादुर गुरुङले आफू गाउँमा रहेर पनि कोरोना प्रभावितहरुलाई केही सहयोग गर्न नसकेको अवस्थामा चम्रु समाजका साथीहरुले विभिन्न दाताहरु सँग सहयोग संकलन गरेर गाउँमा वितरण गरेकोमा खुसी व्यक्त गरे ।
सो अवसरमा कोरोना संक्रमीत २० घर परिवार, १४ घर विपन्न परिवार र अन्य गरी ८४ घर परिवार लाभान्वीत भएको सहयोग संकलन संयोजक अरुण गुरुङले जानकारी दिए ।