वैशाख २४ गते २०७८

कोरोना संक्रमण बाट गण्डकीमा शुक्रबार एकैदिन ७ जनाको मृत्यु

पोखरा , २४ वैशाख । कोरोना संक्रमणका कारण शुक्रबार एकैदिन ७ जनाको मृत्यु पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी आजको पहिलो विज्ञप्तिमा चार जनाको मृत्यु पुष्टि भइसकेकोमा नवौं विज्ञप्तिमा थप तीन जनाको मृत्यु पुष्टि भएको हो।

थप मृत्यु पुष्टि हुनेमा म्याग्दी जिल्ला बेनी नगरपालिका (२ निवासी ७३ वर्षीय पुरुष, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका निवासी ३२ वर्षीय पुरुष र दाङ जिल्ला लमही नगरपालिका (५ निवासी ४४ वर्षीया महिला रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिए।

म्याग्दी र दाङ जिल्लाका संक्रमितको मणिपाल शिक्षण अस्पताल र रुपन्देहीका संक्रमितको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४८ पुगेको छ।