वैशाख ८ गते २०७८

अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् :स्वास्थ्य मन्त्रालय

काठमाडौं, ०८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए । मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,ु डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’ पछिल्लो २४ घण्टामा २ हजार २२० जना नयाँ संक्रमित थपिएका छन् ।