माघ १२ गते २०७७

गुरुङ चलचित्र ‘शिरसुबा’को औपचारिक प्रदर्शन सुरु

पोखरा, १२ माघ ।

ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको गुरुङ चलचित्र शिरसुबाको औपचारिक प्रदर्शन सुरुवात भएको छ ।

गुरुङ समुदायको संस्कार–संस्कृतिमा आधारित चलचित्र शिरसुबा आईतबार घान्द्रुक समुदाय माझ प्रर्दशन गरेसँगै औपचारिक रुपमा प्रर्दशन सुरु भएको चलचित्रका बजार व्यवस्थापक अमृत लामा गुरुङले जानकारी दिए ा

उनले उक्त चलचित्र घान्द्रुक पश्चात आसपासका गाउँ पोखरा हुदै विदेशमा समेत प्रर्दशन गरिने बताए । गुरुङले कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको सेरोफेरोमा अधिकांश छायांकन गरिएकोले पहिलो प्राथमिकतामा राखेर सो गाउँमा प्रदर्शन गरिएको जानकारी दिए ।