माघ ११ गते २०७७
१४ गते बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु
काठमाडौँ, ११ माघ ।
नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिएका हुन ।
मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्री त्रिपाठीले खोप अभियानको शुभारम्भ बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जनाए । भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।
बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन सुरु गरिने उनले जनाए ।