पौष २६ गते २०७७

प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

काठमाडौं, २६ पुष ।

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गरेका छन्। सो समूहका राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले प्रधानमन्त्री ओलीको भाषण सुनिरहन आवश्यक नठानेर बाहिरिएको बताए।

आइतबार प्रधानमन्त्री ओली राष्ट्रिय सभामा सम्बोधनका लागि रोस्टममा जाँदै गर्दा प्रचण्ड–नेपाल समूहका सांसद भने हाजिरी गरेर बैठक स्थलबाट बाहिरिएका हुन्।