पौष २४ गते २०७७

ओली पक्षले ‘निलम्बित सांसद’लाई प्रदेशसभामा छिर्न नदिने

विराटनगर, २४ पुष ।

प्रदेश १ को नेकपा संसदीय दल विभाजनसँगै एकले अर्कोलाई कारबाही गर्न थालेपछि त्यसको असर प्रदेशसभाको माघ ७ बाट शुरु हुने बैठकमा पर्ने देखिएको छ । यसले दुई पक्षीबीच मूठभेडसम्मको अवस्था सिर्जना गर्ने सम्भावना छ ।

संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई भएकाले, विधान बमोजिम निलम्बन गरिएका प्रदेशसभा सदस्यलाई बैठकमा सहभागी हुन नदिने केपी ओली पक्षले तयारी गरेको छ । कारबाही गरिएका प्रदेशसभा सदस्यलाई तीन महिना प्रदेश सभाको बैठकमा सहभागी हुन नदिने ओली पक्षको भनाइ छ ।

दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको नेताले निलम्वन गरेका सांसदले कुनै पनि हालतमा प्रवेश गर्न नपाउने बताए ।
यता प्रचण्ड–माधव समूह भने दलको नेताबाट राईलाई हटाइएको भन्दै उनले गरेको निर्णय मान्य नहुने बताउँदैछ । जस्तोसुकै परिस्थितिमा पनि संसदको कामकारबाहीमा आफूहरु सहभागी हुने अडानमा प्रचण्ड–माध नेपाल पक्ष छ ।