पौष २० गते २०७७

संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलनलाई जोड दिने


पोखरा,२० पुष ।
पोखराको नयाबजारमा रहेको प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सरकार गठन संगै गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्धारा सञ्चालित प्रदेश संग्रहालयको प्रवद्र्धनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

पोखरामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी संग्रहालय शैक्षिक कार्यक्रम र संग्रहालयमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने गरी सामाग्रीहरु संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा वोल्दै लुम्बिनी बिकास कोषका वरिष्ठ अधिकृत हरिध्वज राइले प्रदेश संग्रहालयको प्रवद्र्धन र संरक्षणको लागि प्रदेशमा रहेका जातजातिको पहिचान र पौराणिक औजारहरुलाई संग्रहालयमा संकलन गरी प्रदेशको पहिचानको रुपमा संग्रहालयलाई ब्यवस्थि तगर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । संग्रहालय शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई प्रदेशको बारेमा जान्ने बुझ्ने थलोको रुपमा बिकास गरेर अगाडी वढ्नुपर्ने उनको भनाइ रहेको थियो ।