पौष १७ गते २०७७
कोरोनाविरुद्धको खोप ल्याउन दिने सरकारको तयारी
काठमाडौं, १७ पुष ।
आम जनतामा सहज पहुँचको लागि सरकारले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिने तयारी गरेको छ । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेको बताएका छन् ।
ग्रेगोरियन नयाँ वर्षको अवसरमा बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई समेत कोरोनाविरुद्धको खोप ल्याउनका लागि अनुमति दिने विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा सबैभन्दा पहिले फ्रन्टलाइनमा खटिएका स्वास्थ्य क्षेत्रका व्यक्ति, सुरक्षाकर्मीहरु र वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिइने बताए । छिटो खोप ल्याउनका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने सरकारको तयारी छ ।