पौष १६ गते २०७७
चिनी मिल सञ्चालक अग्रवाल पक्राउ
काठमाडौं, १६ पौष ।
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता नतिर्ने अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो ।
उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
उक्त मिलले करिब १७ करोड बक्यौता रकम किसानलाई तिर्न बाँकी रहेको छ । अग्रवालकी बुहारी सुशिला गोयलको नाममा रहेको उक्त चिनी मिल घरायसी अंशबण्डामा अग्रवालको भागमा परेको थियो ।