भाद्र २१ गते २०७७

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको वैठक सम्पन्न,बुधबार क्रसर उद्योगबारे छलफलगर्ने


पोखरा ,भदौ
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको भर्चुअल बैठक शुक्रबार सम्पन्न भएको छ ।समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा कोरोनाको कारण भएको भर्चुृअल वैठकले आगामी बुधबार गण्डकी प्रदेश भित्रका क्रसर उद्योग सञ्चालन सम्बन्धी ११ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु संग भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।
प्रदेश भरिनै क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालन भएको दर्ता नविरकण नभएको जस्ता समस्या देखिएकोले क्रसर उद्योग सञ्चालन र ब्यवस्थापन बारे बुधबार समितिले छलफलगर्ने बताउनु भयो । सभापति कोइरालाले कोरोनाको कारण भर्चुअल वैठक बस्नु परेको बताउनु भयो । शुक्रबार भएको भर्चुअल बैठकमा सहभागि समितिका सदस्य इन्द्रलाल सापकोटा बाग्लुङ, भागबत प्रकाश मल्ल स्याङ्जा, हरिशरण आचार्य गोरखा,जनकलाल श्रेष्ठ नवलपुर, डोबाटे विश्वकर्मा र सरिता गुरुङ तनहुँ रहनु भएको थियो ।समितिका सदस्यहरुले आ आफ्नो जिल्लामा क्रसर उद्योग र त्यहाँको अबस्था बारे जानकारी दिनुभएको थियो । समितिको आजको बैठकले बाग्लुङमा बाढी पहिरोमा परेर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली ,परिवार जनमा समंवेदना , घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे वेपत्ताहरुको खोजीकार्य तिव्रपार्न आग्रह गरेको छ । वैठकले गण्डकी प्रदेश सभा अन्तरगतको विद्यायन समितिका सभापति मोहोन रेग्मी कोरोना संक्रमित भएको र उहाँको सिंघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।