असाेज ५ गते २०७६
सी भ्रमणपूर्व नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको साझा बैठक बस्ने
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ ।
शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका सदस्यलाई राष्ट्रपति सीको भ्रमण तयारीपूर्व चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभाग र नेकपा स्कूल विभागले काठमाडौंमा आयोजना गर्न लागेको विचार गोष्ठीबारे जानकारी गराएका थिए । ‘चिनिया राष्ट्रपति नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।
त्यसअघि नेकपा स्कूल विभाग र चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभागको संयुक्त कार्यक्रम हुँदैछ,’ बैठकमा ओलीले भनेका थिए । सोमबार र मंगलबार दुई दिनसम्म हुने कार्यक्रमको उद्घाटन ओलीले गर्नेछन् भने समापन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् ।
नेपाल र चीन कम्युनिष्ट पार्टीको संयुक्त कार्यक्रम भने नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । नेकपाको स्कूल विभागको पहलमा सो कार्यक्रम हुन लागेकाले पनि त्यसको तयारी राम्रोसँग गर्नुपर्ने र त्यही कार्यक्रमपछि चिनिँया राष्ट्रपतिको भ्रमण असोजको अन्तिममा हुने जनाएको छ ।यो समाचार आजको नागरिक बाट हो।