भाद्र २७ गते २०७६

आर्मी समूह विजेता र एपीएफ उपविजेता

भदौ-२७

‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै पहिलो सेमिफाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो।आर्मीले ढोरपाटनमाथि २५-१४,२५-१९ र २५-२२ को सेटमा जित निकाल्यो।

यस समूहबाट ढोरपाटन र जावलाखेल ट्रेनिङ सेन्टर भने बाहिरिएका छन।

जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ।यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो।यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन।

प्रगतिशील यूवा नेपालका अनुसार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ।त्यसबाहेक स्पाइकर,ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ।