असाेज २७ गते २०८०

बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा

शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो गुगलबाट तानिएको हो वा कस्को हो ? मैले कार्यक्रम पश्चात सम्पादन मण्डललाई त्यही प्रश्न सोधे । उत्तर आयो हाम्रो आफ्नै कोहीले खिचेर दिएका हुन चोरिएको हैन तर नाम राख्न बिर्सिएछ ।ठिक यस्तै कास्कीको नेतृत्वको छायामा परेका वा भनौ अहिले समाजले बिर्सेका बामपन्थी सामाजिक नेता हुन पुन्य प्रसाद पौडेल । आज उनै समाज ब्यक्तित्व पुन्य प्रसाद पौडेलले आफ्नो जिवनमा भोगेका, देखेका र अध्यान गरेका बिषयको संगालो पुस्तक समाज समीक्षाबारे एक कार्यक्रम बिच बहस भएको छ ।
समाज समीक्षा पुण्य प्रसाद पौडेल १७ वर्षको उमेर अर्थात बिसं २०२८ सालमा तत्कालिन नेकपा पुष्पलाल समुहमा लाग्दाको जेल जिवन देखी तत्कालिन माछापुच्छे्र मा बिमा शिक्षक पेशा हुदै बर्तमान राजनैतिक जिवन र तिनका भोगाईको उतारचढाव बारे लेखिएको छ । लेखक २०५४ मा जिल्ला बिकास समिति कास्कीको सभापती रहदा गरेका उल्लेखनिय कार्यहरु र खासगरी ग्रामिण किसानलाई स्वाभलम्बन बन्नको लागि गरेका नीतिगत र योजनाबद्ध कार्यक्रमहरुको बारेमा चर्चा गरिएको छ । खासगरी त्यससमय र अहिले सम्म पनि फेवाताल संरक्षण र प्रर्बधन गर्न गरिएका प्रयासहरु बारेमा तथ्यगत बिबरण साथै बिभिन्न लेखहरु समावेश गरिएको छ । आफ्नो राजनैतीक जिवन, सामाजिक जिवन, स्वदेश तथा बिदेश भारत र अमेरिका भ्रमणहरु, समाजको बिश्लेषणात्मक परिचर्चा पुस्तकमा निकै फरक र रोचक तवरले राखिएको छ ।

कास्की जिल्लामा नै नेपाल कम्युनिष्ट पार्टी एमालेको पुराना र निश्कलंक नेताको छवी बनाएका पुण्य प्रसाद पौडेलको समाज समीक्षा पुस्तक उपर सम्पादन मण्डलको तर्फबाट बलराम पोख्रेल तथा अन्य टिप्पणीकर्तामा एमाले नेता माधव बास्तोला र धनन्जय दवाडीले टिप्पणी गरेका थिए । एक बामपन्थी नेता भए पनि दुग्ध सहकारी आम्दोलन होस वा अन्य किसान आम्दोलन देखी फेवाताल संरक्षण र चार किल्ला निर्धारण आयोगको नेतृत्व समेत गरेर समाजको स्वच्छ निश्पक्ष सामाजिक नेता मानिन्छन । अहिले चतुर खेलाडी मात्र नेता हुन सक्ने समयमा उनको योगदान छाया परेको र उनलाई आफ्नै पार्टीपंत्तिले पनि बिर्सदै गएका हुन कि भन्ने जस्तो देखिन्छ । आफ्नो जिवनका भोगाइ मात्र नभई समाज बिकासका पक्षहरु र अध्यान अनुभवका बिषयबस्तुहरु समेत समेटिएको यो पुस्तक पुण्य प्रसाद पौडेलको एक बायोग्राफीक अनुभवमात्र हैन तथ्य र कथ्यको कारण अनुसन्धानको विषयबस्तु बन्न सक्ने सहभागीहरुको तर्क थियो ।

उक्त पुस्तक बहसको कार्यक्रममा कास्कीका एमाले नेता, कार्यकर्ता साथै उनलाई चिन्ने र श्रद्धा गर्नेहरु सवै खाले सामजिक ब्यक्तित्वको राम्रो उपस्थिती थियो । श्रृजनाचोकको त्रिशक्ती पार्टी प्यालेसमा भएको सो कार्यक्रमको सभापतित्व उक्त पुस्तक प्रकाशक तीर्थ पौडेलले गरेका थिए । कार्यक्रमको प्रारम्भमा लेखक पौडेलले यो पुस्तक तयार हुन लागेको ५० वर्षको समय र संकलित लेख सामाग्रीको औचित्यता तथा अनुभव बारेमा चर्चा गरेका थिए ।