असार १५ गते २०८०
दहिचिउरासग मजदुर कविको एकल कविता बाचन
घनश्याम पौडेल
१५ असार,पोखरा
मजदुर कविको उपमा पाएका कवि इन्द्र रार्ना प्रतिक ले आज पोखरामा एक कार्यक्रमका बिच एकल कविता बाचन गरेका छन । पोखराको युवा साहित्यकारको सक्रिय समूह पुच्छारसिटे अभियानले आयोजना गरेको असारे १५ मा दहिचिउराको सग कविता भन्ने नाराका साथ भएको एकल कविता वाचनमा कवि इन्द्र रानाले आफना कविता संग्रह भुइमान्छेका कविता संग्रहका १० कविता बाचन गरेका थिए ।उक्त दहिचिउराको सग कविता एकल कविता बाचन कार्यक्रममा बरिष्ठ साहित्यकार सरुभक्तले कविको जिवन बास्तबिकता र साहित्य रचनाको अन्तरबारे प्रकास पार्दै कविको कवितामा देखिने देश प्रेम र सामाजिक यथार्तता निकै बेजोड भएको कुरा औल्याए । कार्यक्रममा प्रख्यात कवि तिर्थ श्रेष्ठ लगायत पोखरा क्षेत्रका साहित्यकार र साहित्यिक संघ संस्थाको बाक्लो उपस्थिती रहेको थियो ।
यसै समारोहमा पोखराका युवा साहित्यकार गणेश पौडेलले रु २५ हजार बराबरको रकमले कवि इन्द्र रानाको कविता संग्रह खरिद गरेर नगद सहित सन्मान पत्रले सन्मान गरेका थिए । सो कार्यक्रमा पुच्छारसिटे अभियानका संयोजक सञ्जिव पौडेलले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै उपस्थित संपूर्णलाई स्वागत गरेका थिए । अभियानका सल्लाहकार इश्वरमणी अधिकारीले कविलाई सन्मानपत्रले सन्मान गरेका थिए ।
कार्यक्रमको शुरुवातमा कवि इन्द्र रानाको बारेमा कन्सेप्ट नेपाल काठमाण्डौ को तर्फबाट तयार गरेको बृतचित्र प्रदर्शन गरिएको थियो । उक्त बृतचित्र निर्माणमा पत्रकार अमृत भादगाउले, घनश्याम पौडेल र सुरज उपाध्यको सहयोग रहेको थियो । कवि इन्द्र राना प्रतिकको कविता संग्रह भुइमान्छेका कविता संग्रह कन्सेप्ट नेपालले प्रकाशित गर्नुको साथै कविलाई काठमाण्डौ डाकेर सन्मान गरेको थियो । यसै गरि दमौलीमा पनि कवि इन्द्र रानालाई सन्मान गरिएको थियो ।
एक सामान्य मजदुर पेशाका बिभिन्न कार्य गर्दै आएका कवि हाल बिन्धवासिनि मन्दिर परिसरमा नरिवल फोड्ने कार्यमा जागिरे छन ।