असार ६ गते २०८०

पोखरामा पहिलो अन्तराष्ट्रिय ब्यवसायिक उडान (फोटो फिचर)

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु बोकेर आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानलाई पोखरा आइपुग्न करिव ३ घण्टा लागेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको हो । उनिहरु मध्ये सबैजसो चिनियाँ नागरिक हुन् । पोखराको फेवातालमा असार ८ र ९ गते आयोजना हुने ड्रागन बोट रेस फेष्टिबलमा सहभागि हुन विमान चार्टड गरेर पोखरा आएका हुन् । विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि आएका थिए । उक्त जहाज आजै बिहान १० बजेर २८ मिनेटमा काठमाडौँ फर्किएको छ ।


तस्विर ः दुर्गा प्रसाद पौडेल