७ कार्तिक,पोखरा ड्यामसाइड क्लव पोखरा– १७ ले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर तिहार बिशेष सांस्कृतिक साँझ सम्पन्न गरेको हो ।
४ बजे देखी शुरु भएको साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ,नौलो बिहानी, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।
यसै विच ड्यामसाइड क्लव पोखरा– १७ ले एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका प्रस्तोता तथा नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष श्रेष्ठलाई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं निबर्तमान अध्यक्ष पदम ढकाल, छनौट समितिका संयोजक केशबराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।
ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ–२०७९ सम्पन्न भएको छ ।२०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए ।
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले...
Read More
काठमाडौं,२१ पुष । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको...
Read More
गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । मेलिनाले भनिन्–‘आफै...
Read More
पोखरा । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनले गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको हो । उनको...
Read More