तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को प्रचार प्रसार कार्यक्रम शुरु
१६ साउन पोखरा
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को गण्डकी प्रदेश का बिभिन्न जिल्लामा प्रचार प्रसार अभियान शुरु भएको छ । यसै क्रममा तनहुंको दमौली लमजुङ्गको बेंशिशहर मनाङ्गको चामे ,नवलपुरको कावासोति,स्याङ्गजाको वालिङ्ग,पर्वतको कुष्मा,बाग्लुङ्गको बाग्लुङ्ग बजार ,म्याग्दी को बेनी वाट प्रचारप्रसार सुरु गरिएको कुरा प्रचार प्रसार संयोजक दुर्गा प्रसाद पौडेल ले बताएका छन । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर, फोटो ब्यवसायी, फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने उक्त अर्वाड यहि भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसको अवसर पारेर वितरण गरिने कुरा पोखरा फोटोग्राफर संघका अध्यक्ष तथा अवार्ड समिति संयोजक जनकराज तिवारीले बताएका छन ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म भरेर पठाउनु पर्नेछ । अवार्डमा सहभागिताका लागी केवल ९ दिन मात्र रहेको कुरा प्रचार प्रसार सदस्य जीवन ढुङ्गानाले बताएका छन ।
फोटोग्राफी व्यवसाय र फोटोग्रफरलाई समयको परिर्वतन संगै अगाडि बढाउने उद्धेश्यका साथ पोखरा फोटोग्राफर संघले यस क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको दक्षता अभिबृद्धि साथै सिपलाई उजागर गर्नका लागि फोटोग्राफी अवार्डको स्थापना गरिएको र प्रत्येक दुई दुई बर्षमा यो अवार्ड कार्यक्रम हुने गरेको छ । यस प्रतियोगिताले फोटोग्राफीको महत्व दर्शाउनुका साथै फोटोग्राफरहरुलाई दक्ष बनाउन र मनोवल उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेे आशा गरिएको छ । फोटोग्राफी मार्फत अग्रगामी समाज निमार्णमा योगदान दिने खालका रचनात्मक, कलात्मक,सन्देशमुलक समाज परिर्वतनमा योगदान पुर्याउने खालका फोटोग्राफी गर्ने ब्यक्तिहरुको पहिचानका साथै सम्मान गर्ने यस“पोखरा फोटोग्राफी अवार्ड” को मुख्य उदेश्य रहेको छ ।
अवार्डका बिधाहरुः १.अशोक लाईफटाईम एचिभमेन्ट फोटोग्राफीअवार्ड {(Ashok Lifetime Achievement Photography Award) अशोक लाईफ टाईम एचिभमेन्ट फोटोग्राफी अवार्ड नेपालको गण्डकी प्रदेश अन्तर्गत रहेर फोटोग्राफीमा विशेष योगदान पू¥याएको व्यक्ति हुनु पर्नेछ भने सो का बारेमा सम्वन्धित क्षेत्रका संघ, संस्था वा निकायले सिफारिस गरिएको व्यक्तिलाई प्रदान गरिनेछ । क) पुरस्कार राशी हाललाई रु २५,५५५। अक्षरुपी पच्चिसहजार पाँच सय पचपन्ह रुयैयाको हुनेछ । ख) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः १) नेपाली नागरिक हुनुपर्नेछ । २) फोटोग्राफी ब्यवसायलाई कुनै पनि बेलामा मुख्य ब्यवसाय बनाई कम्तीमा १५ बर्ष फोटोग्राफी गरेको ब्यक्ति हुनुपर्नेछ । ३) ४० बर्ष नाघेको ब्यक्तिमात्र यो पुरस्कारको लागि योग्य हुनेछ । ४) गण्डकी प्रदेश अन्तर्गत रहेर फोटोग्राफीमा बिशेष योगदान पुर्याएको हुनु पर्नेछ भने सो को बारेमा सम्बन्धीत क्षेत्रका संघ, संस्था वा निकायले सिफारिस गरिएको हुनुपर्नेछ । ५) छनौट समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन तर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा ख्याती प्राप्तफोटोग्राफर पनि यो पुरस्कारका लागि योग्य मानिने छन ।
२.कैलास फोटोग्राफर अफ दि ईयर (Kailash Photographar of the year) कैलासफोटोग्राफर अफ दि ईयर विधाको लागि पर्यटन तथा संस्कृति, दैनिक जनजिवन, वातावरण तथा प्रकृति सम्वन्धी कुनै पनि विधासँग सम्वन्धित प्रतियोगी फोटो मध्य उत्कृष्ट एकलाई प्रदान गरिनेछ । क) पुरस्कार रासी हाललाई रु १५,५५५। अक्षरुपी पन्ध्रहजार पांच सय पचपन्ह रुयैयाको हुनेछ । ख) पुरस्कार प्राप्त गर्ने ब्यक्ति १) नेपाली नागरिक हुनुपर्नेछ । २) गण्डकीे प्रदेश अन्र्तगत पोखरा फोटोग्राफर संघमा सदस्य रहेको सक्रिय फोटोग्राफर, प्रतियोगितामा सहभागी जनाउनसक्नेछ । ३) निर्णायक समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन । ४) कम्तिमा १० बर्षको फोटोग्राफी अनुभव भएको ब्यक्ति हुनुपर्नेछ ।
गण्डकी प्रदेश भित्रमा फोटोग्राफी गरेको र फोटोग्राफी पेशा लाई अंगिकार गरेको ब्यक्ति हुनुपर्ने र आफनो परिचय खुलाएर पोखरा फोटोग्राफर संघले संचालन गरेको मिलन यूथ ईर्नजेटिक फोटोग्राफीक अवार्ड का लागि जुनसुकै विधाको फोटो प्रतियोगितामा समावेस गर्न सकिने छ ।
१) पुरस्कार राशी रु ५,००१। अक्षरुपी पांचहजार एक रुयैयाको हुनेछ । २) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः क) नेपाली नागरिक हुनुपर्नेछ । ख) गण्डकी प्रदेश भित्रमा फोटोग्राफी गरेको र फोटोग्राफी पेशा लाई अंगिकार गरेको ब्यक्ति हुनुपर्ने र आफनो परिचय खुलाएर पोखरा फोटोग्राफर संघले संचालन गरेको मिलन यूथ ईर्नजेटिक फोटोग्राफी अवार्ड का लागि प्रतियोगितामा फोटो समावेस गरिएको हुनुपर्नेछ । ग) यस शिर्षक अन्र्तगत रहेर जुनसुकै बिधामा समावेश गर्न सकिने छ तर फोटो क्ीच् तथा म्क्ीच् क्यामेरा बाट खिचिएको फोटो हुनुपर्नेछ । घ) मुल्याङ्कन गर्दा ५० प्रतिशत फोटो र ५० प्रतिशत व्यत्तित्वको आधारमा मुल्याङ्कन गरिनेछ । ङ) छनौट समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन ।
४. मिराज क्रियटिभ अवार्ड (Mirage Creative Award) क) मिराज पोट्रेट फोटोग्राफी ( Mirage Portrait Photography Award) मिराज पोट्रेट फोटोले फोटोग्राफरको आफ्नो सिप तथा कौशलताको माध्यमबाट जुनसुकै बिधामा पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने छन् । यस्ता फोटोले फोटोग्राफरमा लाईटिङ, फ्रेमिङ र वास्तविकताको महत्व उजागर गर्दछ । १) यस पुरस्कार राशी रु ५,००१। अक्षरुपी पांचहजार एक रुयैयाको हुनेछ । २) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः क) नेपाली नागरिक हुनुपर्नेछ । ख) पोखरा फोटोग्राफर संघमा आबद्धे आजिवन, साधारण तथा सहायक सदस्य तथा तीनका एकाघरका परिवारले सहभागीता जनाउन सक्नेछन् ग) यस शिर्षक अन्र्तगत क्रियटिभप्रोफेसनल पोट्रेट फोटोहरु समावेश गर्न सकिने छ । घ) निर्णायक समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन ।
ख) मिराज विवाह भिडियोग्राफी (Mirage Wedding Videography Award) मिराजबिवाह भिडियोग्राफी नेपालमा हुने जुनसुकै बिवाह संस्कार सम्बन्धी भिडियोग्राफीलाई समेट्न सकिने छ । यस्तो भिडियोग्राफीले छोटो समयमा पनि कसरी बिवाहको संक्षिप्त, वास्तबिकता र परिचयात्मक रुपमा सम्पुर्ण गतिबिधि कुशलता पुर्वक प्रस्तुत गर्न सकिन्छ भन्ने उदेश्य राख्दछ । १) पुरस्कार रासी रु ५००१। अक्षरुपी पांच्रहजार एक रुयैयाको हुनेछ । २) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः क) नेपाली नागरिक हुनुपर्नेछ । ख) पोखरा फोटोग्राफर संघमा आबद्ध रहेको आजिवन, साधारण तथा सहायक सदस्य जस्ले विवाह भिडियोग्राफी अवार्ड का लागि प्रतियोगितामा भिडियो समावेस गरेको हुनुपर्नेछ । ग) भिडियो वास्तविकतामा आधारीत रहि सामान्य सम्पादन मात्र गरिएको हुनुपर्नेछ । ँह्र ख्ँह् ईफेक्ट प्रयोग गर्न पाईने छैन । घ) भिडियो कम्तीमा ३ मिनेट देखी बढिमा ६ मिनेट सम्मको हुनुपर्नेछ । ड.) कपि राईटको जिम्मेवारी सहभागि स्वयम हुनुपर्नेछ । एक स्टुडियो बाट एक जनाले मात्र सहभागिता जनाउन पाईनेछ । च) छनौट समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैन ।
५. प्रतियोगितात्मक फोटोग्राफी अवार्ड क)रामतारा दैनिक जनजिवन फोटोग्राफी अवार्ड( RamTara Daily Life Photography Award )
रामतारादैनिक जीवन सम्वन्धी फोटोले मानिसको दैनिकीलाई समेट्ने र समसामयीक विषयलाई उजागर गर्ने गर्दछ । यसता फोटोले सम्झना र मानवीय जीवनका कथाहरुलाई जिवन्त राख्दछ भने फोटोग्राफी कलालाई प्रस्तुत गर्दछ, जसमा दैनिक जिवनमा भएका गतिविधिहरु समावेश गरिनेछ । १) पुरस्कार राशी हाललाई रु ५,००१। अक्षरुपी पांचहजार एक रुयैयाको हुनेछ । ४) संचालन ः पुरस्कारको संरक्षण तथा संचालन पोखरा फोटोग्राफर संघ पोखरा नेपालले गर्नेछ । २) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः क) नेपाली नागरिक हुनुपर्नेछ । ख) गण्डकीे प्रदेश अन्र्तगत रहेर फोटोग्राफी गरेको व्यक्ति जस्ले आफनो परिचय खुलाएर पोखरा फोटोग्राफर संघले संचालन गरेको फोटोप्रतियोगिताको दैनिक जनजिवन बिधा अन्र्तगत रहेर प्रतियोगितामा फोटो समावेस गरिएको हुनुपर्नेछ । ग) छनोट समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन ।
ख) संस्कृती तथा पर्यटन फोटोग्राफी अवार्ड (Culture & Tourism Photography Award)
संस्कृती तथा पर्यटन सम्वन्धी फोटोले पर्यटनसँग संवन्धित र नेपालको संस्कृतीलाई समेट्नुका साथै समसामयिक विषयलाई उजागर गर्ने गर्दछ यस्ता फोटोले पर्यटकिय सम्भावना र क्षेत्रहरुको उजागर गर्नुका साथै मानवीय जीवनका संस्कृतीहरुलाई जिवन्त राख्दछ संस्कृती तथा पर्यटन संग सम्वन्धित फोटोहरु समाबेश गरिनेछ । १) पुरस्कार रासी रु ५,००१। अक्षरुपी पांचहजार एक रुयैयाको हुनेछ । २) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः क) नेपाली नागरिक हुनुपर्नेछ । ख) गण्डकीे प्रदेश अन्र्तगत रहेर फोटोग्राफी गरेको फोटोग्राफर, फोटोपत्रकार, आउटडोर फोटोग्राफरजस्ले आफनो परिचय खुलाएर पोखरा फोटोग्राफर संघले संचालन गरेको फोटोप्रतियोगिताकासंस्कृती तथा पर्यटन बिधा अन्र्तगत रहेर प्रतियोगितामा फोटो समावेस गरिएको हुनुपर्नेछ । ग) छनौट समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन ।
ग) वातावरण तथा प्रकृती फोटोग्राफी अवार्ड (Environment & Nature Photography Award) वातावरण तथा प्रकृती सम्वन्धी फोटोले वातावरण सँग सम्वन्धित र नेपालको प्राकृर्तीक सौन्दर्यता लाई समेटने र समसामयिक विषयलाई उजागर गर्ने गर्दछन यस्ता फोटोले वातावरणसँग सम्वन्धित जनचेतनामुलक साथै प्रकृर्ती र सम्भावनाहरुको उजागर गर्नुका साथ वातावरण तथा प्रकृर्तीलाई जिवन्त राख्दछ वातावरण तथा प्रकृर्तीसंग सम्वन्धित फोटोहरु समावेश गरिनेछ । १) पुरस्कार राशी रु ५,००१। अक्षरुपी पांच्रहजार एक रुयैयाको हुनेछ । २) पुरस्कार प्राप्त गर्ने ब्यक्ति ः क) नेपाली नागरिक हुनुपर्नेछ । ख) गण्डकीे प्रदेश अन्र्तगत रहेर फोटोग्राफी गरेको फोटोग्राफर, फोटोपत्रकार, आउटडोर फोटोग्राफर जस्ले आफनो परिचय खुलाएर पोखरा फोटोग्राफर संघले संचालन गरेको फोटोप्रतियोगिताका वातावरण तथा प्रकृती बिधा अन्र्तगत रहेर प्रतियोगितामा फोटो समावेस गरिएको हुनुपर्नेछ । ग) छनोट समितिमा बसेका कुनैपनि ब्यक्ति र ती ब्यक्तिका आफन्त यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने छैनन ।
अवार्डमा सहभागीताका लागी निम्न सर्तहरु लागुहुनेछन् । १) सहभागी शुल्क लाग्ने छैन । २) बिधाको दफा २ र ३ का लागि पोखरा फोटोग्राफर संघमा आ.व. २०७८÷०७९ नविकरण भएको सदस्यले मात्र सहभागि हुनपाउने छन । ३) प्रतिस्प्रर्धामा सहभागि फोटो नेपालमा खिचिएको हुनुपर्नेछ र आवेदक आफैले खिचेको हुनुपर्नेछ । ४) प्रतिस्प्रधामा सहभागि फोटोहरु अन्य प्रतिस्प्रधामा पुरस्कृत फोटोहरु समावेश गर्न पाईनेछैन समावेश भएको पाईएमा स्वतह प्रतियोगितावाट फोटो हटाईनेछ । ५) फोटो साईज १० ×१५ साईजको प्रिन्ट गरिएको फोटो समावेश गर्नुपर्नेछ । ६) प्रतियोगितामा एक जना फोटोग्राफरले एक विधामा बढिमा ३ वटा सम्म फोटो समावेश गर्न सक्नेछन । ७) फोटो सक्कल डिजिटल मिडियामा पनि दिनु पर्नेछ । ८) हरेक विधाका उत्कृष्ट १० फोटो लाई पुरस्कृत गरिनेछ । ९) समाजमा गलत अर्थ लाग्ने तथा नकारात्मक सन्देश जाने प्रकृतिका फोटाहरु समावेश गरिनेछैन । १०) फोटोमा सामान्य काँटछाँट वाहेक इडिटिङ्ग गरिएका फोटो मान्य हुनेछैन । ११) बिजेता फोटो र प्रदर्शनीमा राखिने फोटो निर्णयक मण्डलले छनौट गर्नेछ । १२) प्रदर्शनीका लागि योग्य भएका तथा विजेता घोषित फोटोहरुको सर्वाधिकार पोखरा फोटोग्राफर संघ पोखरा नेपालमा नीहित हुनेछ तर, फोटोको सम्पूर्ण क्रेडिट फोटोग्राफरलाई नै दिईनेछ । १३) प्रायोजकहरुले आफ्नो विज्ञापन वा अन्य प्रवद्र्धनात्मक कामका लागि छनोट भएका फोटोहरु फोटोग्राफरलाई क्रेडिट दिएर एक बर्षका लागि उपयोग गर्न पाउनेछ्न । १४) फोटोमा सम्पूर्ण अधिकार सहभागीको हुने भएपनि पोखरा फोटोग्राफर संघका लागि प्रदर्शनी, पुनःउत्पादन, लेखन लगायतका प्रयोजनका लागि उपलब्ध गराउन सकिनेछ । मिडिया प्रकाशन, बुलेटिन, वेभसाईट र सामाजिक संञ्जाल मा रहनेछन साथमा यस संघले शैक्षिक, प्रवद्र्धन, प्रचार, प्रदर्शनी जस्ता प्रयोजनमा पनि फोटोग्राफरलाई क्रेडिट दिएर फोटो प्रयोग गर्न सक्नेछ । १५) सहभागि फोटोहरुलाई पोखरा फोटोग्राफर संघले प्रकाशन गर्ने स्मारिका, बुलेटिन तथा क्यालेन्डरमा प्रयोग गर्न सक्ने छ । १६) छनोट भएको फोटोमा कुनै किसिमको दावि वा विरोध भएको वा आयोजक समक्ष उजुरी परेको खण्डमा आयोजकले छानविन गरी निर्णय दिने अन्तिम अधिकार आयोजक कमिटिमा निहित रहनेछ र यसको निर्णय नै अन्तिम हुनेछ । १७) फोटो साउन को २ गते देखी २५ गते भित्रमा पोखरा फोटोग्राफर संघ वा संघका पदाधिकारी वा क्षेत्र संयोजक मार्फत संघमा आईपुग्नुपर्नेछ । १८) २०७९ भाद्र ३ गते विश्व फोटोग्राफि दिवसका दिन भव्य समारोहका साथमा विजयी फोटोग्राफरहरुलाई पुरस्कृत गरिनेछ ।
काठमाडौँ । नेपाली पत्रकारहरुको छाता र साझा संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्बाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्बजनिक गरिएको छ। अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४...
Read More
काठमाडौँ, १९ माघ । नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा...
Read More
गोविन्द तिमिल्सिना हेमजा, १३ असोज हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समिति दर्ता भइ पहिलो कार्यक्रम अन्तरगत बिजय दसमी,...
Read More
काठमाडौं, ११ मंसिर । प्रतिनिधिसभा सदस्य चुन्न यही मंसिर ४ गते भएको चुनावको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। आइतबार बिहान यो खबर लेख्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये १५५...
Read More