कैलाश बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिबेशनले खडानन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समिति उपाध्यक्षमा विनोदराज ढकाल, सचिव विष्णुहरि अधिकारी, कोषाध्यक्ष नवीन ढुंगाना चयन भए । सदस्यमा घनश्याम पौडेल, कपिल सापकोटा, पूर्णकुमारी थापा, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार नापित चयन भए । लेखा संयोजकमा परशुराम शर्मा र सदस्यमा जय गुरुङ, डेककुमारी जलारी चयन भएको निर्वाचन समिति संयोजक दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि सभा उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेफस्कुन पोखरा शाखा प्रमुख यमकला सुवेदी, फोटोग्राफर संघ गण्डकी अध्यक्ष दुर्गाप्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी साथै सहकारीका पूर्व अध्यक्ष जीवन ढुंगाना लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन नवीन ढुंगाना, सचिवको प्रतिवेदन विनोदराज ढकाल, लेखा समितिको प्रतिवेदन परशुराम आचार्यलगायत प्रस्तुत गरेका थिए । सहकारीका ७ सिद्धान्त वाचन महिला समिति संयोजक शान्ति सुवेदीले गरेकी थिइन् । स्वागत मन्तब्य उपाध्यक्ष खडानन्द अधिकारी, शिक्षा समिति संयोजक इन्दिरा शर्मा, उद्योग संयोजक विष्णुहरि अधिकारीले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव विनोदराज ढकालले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट ऋणकर्ता, बचतकर्ता, बाल बचतकर्ता, महिला बचतकर्ता, फ्रेम खरिद कर्ता, फोटो प्रिन्टकर्तालाई सम्मान गरिएको थियो । संस्थाको हालसम्म सेयर पुँजी २ करोड ९६ लाख, बचत ६ करोड ४२ लाख रहेको छ भने ऋण लगानी ७ करोड ८१ लाख रहेको जनाइएको छ ।
१३ साउन,पोखरा देशको समसामयिक विषयवस्तु लाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले गुहार गुहार बोलको गित लिएर आएका छन। चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा...
Read More
पोखरा,फागुन पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको...
Read More
पोखरा, भदौ १५ गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी...
Read More