पौष ७ गते २०८१
कैलाश सहकारीको अध्यक्षमा अधिकारी
पोखरा,६ पुष
पोखराको टुंडाकोपाटन स्थित कैलाश बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा खडानन्द अधिकारी निर्विरोध निर्वाचित भएका छन ।
आइतबार संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विनोदराज ढकाल, सचिवमा विष्णुहरी अधिकारी, कोषाध्यक्षमा नविन ढुंगाना रहेका छन भने सदस्यहरुमा सञ्चालक समिति सदस्यमा घनश्याम पौडेल, ज्ञानेन्द्र पौडेल,प्रदिप नापित,पूर्ण कुमारी थापा,कपिल सापकोटा चयन भएका छन् ।
लेखा सुपरीवेक्षण समिति संयोजकमा विजय पाहारी सदस्यमा जनक तिवारी र देवी तिवारी चयन भएका छन ।
निर्वाचन संयोजकमा पूर्व अध्यक्ष शिवहरी अधिकारी रहेका थिए भने सदस्यमा दुर्गा प्रसाद पौडेल र जिवन ढुंगाना रहेका थिए ।
यसअघि संस्थाको साधारणसभा उद्घाटन सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय ग०डकी प्रदेशका रजिष्टार भेषराज रिजालले गर्दै आर्थिक मन्दीको बेलामा सहकारीले सहकारीको मूल्य मान्यता र नीति अनुरुप कार्यसम्पादन गदै संस्थाले गरेको प्रगतिलाई मनन गर्दै बधाई ज्ञापनका साथै आगामी दिनमा शेयर सदस्यको हितमा र आर्थिक उन्नयनमा अझै सक्रिय रुपमा लाग्नु पर्ने सुझाए
कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ, फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के। सी।पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा,लक्की ग्रुप एण्ड कम्पनिका सिइयो
दिनेश अर्याल पामे सहकारीका उपाध्यक्ष खिमनाथ तिमिीलसना , हितैषि सहकारीका अध्यक्ष मदन प्रसाद आचार्य, सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष सिमा कोइराला शुभकामना महिला विकासका कोषाध्यक्ष अन्नपूर्ण सहकारीका अध्यक्ष ईन्द्र प्रसाद पौडेल
लेखा संयोजक परशुराम आचार्य, सल्लाहकारहरु दुर्गा प्रसाद पौडेल जिवन ढुंगाना,शिवहरी अधिकारी रविनाथ दाहाल टिकाराम पराजुलीले आ आफ्नो मन्तब्य राखेका थिए
२०६८ सालमा स्थापना भएको सहकारीमा हाल सम्म १९६ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुंजी रु ३ करोड १२ लाख ७५ हजार बचत रु ९ करोड ९ लाख र ऋण लगानी ९ करोड १३ लाख रहेको छ ।
संस्थाले फोटो फ्रेम उद्योग तथा फोटोग्राफरहरुलाई आवश्यक पर्ने सबैखाले सेवा उपलब्ध गर्दै आएको छ । कार्यक्रममा संस्थाले वर्ष भरीमा उत्कृष्ट कारोवारी, असल कारोवारी,उत्कृष्ट वचत, उत्कृष्ट वाल वचत उत्कृष्ट कर्मचारी लाई सम्मान गरिएको थियो ।
साधारणसभामा सहकारीका सात सिद्धान्त वाचन पूर्ण कुमारी थापा , सचिवको प्रतिवेदन विष्णुहरि अधिकारी, कोषाध्यक्षको प्रतिवेदन नविन ढुंगाना तथा लेखा समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक परशुराम आचार्यले प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विनोदराज ढकाल र सञ्चालन सचिव विष्णुहरि अधिकारीले गरेका थिए ।