कार्तिक ५ गते २०८१
नेपालले आज माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना
कार्तिक ०५, पोखरा ।
घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो ।
यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।
हिरा भुटानविरुद्ध पहिलो रोजाइमै खेलेकी थिइन् भने दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् ।
तर, नेपालका लागि सुखद खबर पनि छ । फरवार्ड सावित्रा आइतबार राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन् । उनी टिममा सामेल भइसकेकी छन् । अब साम्बाले माल्दिभ्सविरुद्ध आज खेल्ने सम्भावना पनि छ ।