असाेज ७ गते २०८१

राजमार्ग आसपासका होटलको अनुगमन, करीव २० हजार मूल्य वरावरको सामान जफत संगै नष्ट

कमल पौडेल अथक
पोखरा ७, भदौ
बजार अनुगमन समितिले सोमवार राजमार्ग आसपासका होटलहरुको अनुगमन गरेको छ । सो अवसरमा समितिले कास्कीको नयाँपुल, घुम्ती, धोती खोला र ढाव लगायतका स्थानका होटलहरुमा अनुगमन गरेको हो ।
पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा भएको अनुगमनका क्रममा करीव २० हजार वरावरको म्याद नाघेका खाद्य सामाग्री जफत गरी नष्ट गरेको समितिका संयोजक एवं कार्यालय प्रमुख मोहराज ढकालले जानकारी दिएका छन् ।
राजमार्ग आसपासका होटलहरुले जथाभावि मूल्य लिएको गुनासो आएपछि समितिले अनुगमन गरेको हो । अनुगमनको क्रममा सामानको म्याद नाघेको, होटलमा मूल्य सूची, नटाँसेको, जथाभावि मूल्य लिएको लगायतका कैफियत फेला परेको र उनीहरुलाई सचेत गराएको ढकालले जानकारी दिएका छन् ।
अनुगमन टोलीमा पर्यटन तथा उद्योग कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।