मंसिर ७ गते २०८२

स्याङ्जाको चापाकोटका ३ वटा बिद्यालयका विद्यार्थीलाई पोशाक हस्तान्तरण

कमल पौडेल अथक
स्याङ्जा ६ मंसिर
स्याङ्जाको चापाकोटका ३ वटा बिद्यालयका ४६ जना बिद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको छ ।
स्याङ्जाली सम्पर्क सदन पोखरा र स्वं कमल पंगेनी स्मृति प्रतिस्ठानको संयुक्त आयोजनामा शनिबार उक्त पोशाक हस्तान्तरण गरिएको हो ।
चापाकोट ३ को बिनयी मण्डली आधारभुत बिद्यालयका १३ जना, दिसिङ्कोट र चण्डीडाँडा आधारभुत बिद्यालयका ३३ जना गरी ४६ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको स्याङ्जाली सम्पर्क सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । उनले सदन र प्रतिस्ठानलाई जीवन्त बनाउन यस्ता कार्यक्रमले सघाने बताए ।
छात्रलाई आकाशे रंगको कमिज र निलो पाइन्ट, छात्रालाई आकासे रंगको कमिज र निलो फरक बितरण गरिएको छात्रवृत्ति बितरण समितिका सहसंयोजक अर्जुन खनालले बताए ।
सो अवसरमा बोल्दै चापाकोट नगरपालिकाका उपप्रमुख इशा रानाले गाउँका बिद्यालयमा पोशाक बितरण गरेर दुबै संस्थाले गुन लगाएको धारणा व्यक्त गरिन् ।

स्वर्गीय कमल पंगेनी स्मृति प्रतिस्ठानका अध्यक्ष एवं स्याङ्जाली सम्पर्क सदन पोखराका पूर्व अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा चापाकोट ३ का अध्यक्ष जुगबहादुर राना, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु दुर्गाबहादुर सोती, चिरञ्जीवी रेग्मी, बिष्णुमाया अधिकारी,
स्याङ्जाली सम्पर्क सदन पोखराका उपाध्यक्ष कमल पौडेल अथक, प्रतिस्ठानका उपाध्यक्ष तोयनाथ अर्याल, कांग्रेस नगर सभापति बिक्रम सारु, प्रधानाध्यापकहरु जीबी राना, शिव बिश्वकर्मा, लोकप्रसाद ज्ञवाली लगायतले बोलेका थिए ।