भाद्र २९ गते २०७७

बाल दिवस

भदौ २९ गते हरेक वर्ष नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागी वाल दिवस मनाउने गर्दछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।